समाचार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । गए राति साढे १२ बजेतिर ना ५ ख ८०८४ नम्बर टिपरले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २० वर्षका श्याम विकको ज्यान गएको प्रहरीले जनाएको छ । 

 

घाइते भएका २३ वर्षका निशान विकको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैहरेको छ । ठक्कर दिएपछि भागेका टिप्पर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।  

टिपर दुर्घटना