अर्थ शेयर

सेयर बजारको पहिरो रोकिएन, सोमबार थप ७.२१ अंकको गिरावट

सेयर बजारको पहिरो रोकिएन, सोमबार थप ७.२१ अंकको गिरावट

काठमाडौं। निरन्तर ओरालो लागिरहेको सेयर बजार रोकिने कुनै लक्ष्यण देखिएको छैन । यसले सोमबार पनि पुन: निरन्तरता पाएको छ । 
सोमबार शेयर बजारमा थप ७.२१ अंकको गिरावट आएको छ । 

 

आज नेप्से परिसूचक ७.२१ अंकले घटेर ११०२.५१ बिन्दुमा कायम भएको छ । यो ३८ महिना यताकै न्यून बिन्दु हो। २०७२ मंसिर २० गते नेप्से ११०२.८४ अंकमा रहेको थियो।

 

आज सूचक घटेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार २३ करोड ४५ लाख रुपैयाँको कारोबार भयो। होटल र उत्पादन तथा प्रशोधनको सूचक बाहेक बाँकी सूचक ओरालो झरेको छ।

यो कारोबार दिन सबै भन्दा धेरै नबिल बैंकको सेयर कारोबार भएको छ । योसँगै साधारणसभा घोषणा गरेको नबिल बैंकको प्रमोटर शेयर २ करोड ४३ लाख रुपैयाँको भएको छ भने सर्वसाधारण शेयर दुई करोड ३३ लाख रुपैयाँको भएको छ।

 

त्यस्तै, चौतारी लघुवित्त वित्तीय संस्थाको कारोबार ९.९५ प्रतिशतले बढेको छ भने वर्ल्ड मर्चेन्ट एण्ड बैंकिङ फाइनान्सको घटेर सर्किट लाग्ने क्रममा ८० रुपैयाँमा झरेको छ।

 

माथिल्लो तामाकोशीको बजार मूल्य ५ रुपैयाँले घट्दा दोस्रो बजारमा सुरुको कारोबारभन्दा पनि ३ रुपैयाँले तल झरेर २२१ रुपैयाँमा कारोबार भएको छ। 

 

कुल १६१ कम्पनीका ८ लाख ७६ हजार २०८ कित्ता शेयर २२ करोड ४५ लाख रुपैयाँ बराबरमा किनबेच भए ।

कारोबारमा आएका ११ उपसूचक मध्ये होटल र उत्पादन तथा प्रशोधन समुहको सुचक सकारात्मक देखिएको छ । होटल समुहको सुचक ९.५ अंक र उत्पादन तथा प्रशोधन समुहको सुचक ०.२४ अंकले सुधार भएको छ । 

 

बाँकी ९ समुहका सुचक आज ऋणात्मक देखिए ।

सेयर बजार