मनोरञ्जन

दक्षिण अफ्रीकाकी टुन्जीले जितिन यस वर्षको मिस यूनिभर्सको उपाधि

दक्षिण अफ्रीकाकी टुन्जीले जितिन यस वर्षको मिस यूनिभर्सको उपाधि

एजेन्सी । यस बर्षको मिस यूनिभर्सको उपाधि दक्षिण अफ्रीकाकी जोजिबिनी टुन्जीले जितेकी छिन ।  ९० भन्दा बढी देशका प्रतिष्पर्धीहरुलाई उछिन्दै टुन्जी २०१९ की मिस युनिभर्स बन्न सफल भएकी हुन्।  

अमेरिकी हाँस्य कलाकार तथा टेलिभिजन कार्यक्रम प्रस्तोता स्टिव हार्वेले टुन्जीलाई मिस युनिभर्स भएको घोषणा गरेका हुन्।   योसंगै मिस प्यूर्टो रिको मैडिसन एण्डरसन उपविजेता भईन । मेक्सिकोकी एश्ले अल्वीदरेज तेस्रो भईन  भने कोलंबिया र थाईलैंडका प्रतियोगी शिर्ष पाँचौं स्थानमा पर्न सफल भएका छन।  

२०१८ की मिस युनिभर्स बिजेता फिलिपिन्सकी कैटरियोना ग्रे ले टुन्जीलाई यो ताज लगाईदिएकी हुन् ।  योसंगै  दक्षिण अफ्रीकाले अहिलेसम्म ३ पटक मिस युनिभर्सको उपाधि जित्न सफल भएको छ।  

 

जोजिबिनी टुन्जी