समाचार

अमेरिकी नागरिक पक्राउ प्रकरणः ‘ल्यापटपको सहयाताबाट थप कुरा खुल्नसक्छ'

अमेरिकी नागरिक पक्राउ प्रकरणः ‘ल्यापटपको सहयाताबाट थप कुरा खुल्नसक्छ'

काठमाडाैँ - आइतबार एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नम्बर १०४ बाट एक अमेरिकी नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपत्तिजनक अवस्थामा पक्राउ गर्यो। पक्राउ पर्नेमा अमेरिकाको इलेनोय राज्यका जेसन ल्योयड मुडी रहेका छन् ।

यौनदुराचारको आरोपमा पक्राउ परेका जेसन नेपाली भाषा अध्ययनको लागि भन्दै नेपाल आएका हुन् । विश्व भाषा क्याम्पसमा उनले नेपाली भाषा अध्ययन गर्दै आएका बुझिएको छ । 
ज्यासनका साथबाट विश्वभाषा क्याम्पसले जारी गरेको विद्यार्थी परिचयपत्र, तीनवटा राहदानी र एउटा ल्यापटम बरामद सीआईबीले जनाएकाे छ । सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डे भने, ‘ल्यापटपको सहयाताबाट थप कुरा खुल्नसक्छ, अहिले अनुसन्धानकै चरणमा छौँ ।’

सीआईबीको टोलीले गेस्टहाउसबाट तीनजना बालिकाको उद्दार गरेको छ । उद्धार गरिएका २ बालिका १० वर्षको र एकजना ९ वर्षका छन् । जेसन आपत्तिजनक अवस्थामा भेटिएको पाण्डेको भनाइ छ । 

उनी पछिल्लो समय १० अगष्ट २०१९ मा नेपाल आएका थिए ।  पाण्डेका अनुसार उनी २०१६ मा पहिलोपटक नेपाल आएका थिए ।  र जेसन पटक–पटक नेपाल आउने गरेको अनुसन्धानबाट देखिकाे छ ।