समाचार

परालले छोपेको अवस्थामा फेला परे अपहरित बालक

परालले छोपेको अवस्थामा फेला परे अपहरित बालक

सप्तरी– सप्तरीमा परालले छोपेको अवस्थामा अपहरित बालक फेला परेकाे छ। आइतबार दिउँसो अपराहणमा परेकाे ३ वर्षीय बालक घनश्याम फेला परेका हुन्। 

छिन्नमस्ता गाउँपालिका–५ लोखरमका प्रल्हाद साह र उनकी श्रीमती आफ्ना ३ वर्षीय छोरा घनश्यामलाई बाटोको छेउमा राखेर नजिकैको खेतमा धान काट्न गएका थिए । साह दम्पत्ति धान काट्दै थिए, बाटोमा हल्ला सुनियो घनश्यामलाई कसैले मोटरसाइकलमा राखेर लग्यो ।

उनीहरु धान काट्न छाडेर छोरा राखेको सडकतर्फ दौडिए । राखेको ठाउँमा छोरालाई भेटेनन् ।बाटोमा अन्य मानिसहरु पनि जम्मा भए । भीडमा जम्मा भएकामध्ये केही सुनाए, रातो रंगको मोटरसाइकलमा आएका २ जनालाई घनश्यामलाई उठाएर लगे ।

स्थानीयले प्रहरीलाई खबर गरे– लोखरमबाट ३ वर्षीय बालकको अपहरण भयो ।प्रहरीलाई स्थानीयले अपहरणकर्ताले बालकलाई उठाएर भारतीय सीमातर्फ लगेको पनि बताए ।

प्रहरीले बालकको अपहरण नै भएको निष्कर्श निकालेर तत्काल खोजी शुरु ग¥यो । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतीय राज्य बिहारको प्रहरीसँग समेत समन्वय गरेर सीमा क्षेत्रमा नाकाबन्दी ग¥यो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी उपरीक्षक ९एसपी० नेतृत्वको टोलीले खोजीतलास गर्ने क्रममा अपहरणमा परेका बालक छिन्नमस्ता गाउँपालिका–६ कोचा बखारीस्थित खेतमा बनाइएको परालले छोपेर सुताइएको अवस्थामा फेला पा-यो ।

प्रहरीले आइतबार नै बालकको उद्दार गरी परिवारलाई बुझाएको छ । यद्यपि, अपहरणमा संलग्न भनिएका व्यक्ति भने पक्राउ पर्न सकेका छैनन् ।प्रहरीले अपहरणकारीको खोजी जारी रहेको जनाएको छ ।