समाचार

थोरै सल्लाह, धेरै हल्ला: प्रवक्ता श्रेष्ठ

थोरै सल्लाह, धेरै हल्ला: प्रवक्ता श्रेष्ठ

काठमाडाैँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीले माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत भ्रमणमा पठाउने कुरा थोरै सल्लाह भएपनि धेरै हल्ला भएको बताएका छन् ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले नेता नेपाललाई विशेषदूत बनाएर पठाउने कुरा धेरै हल्ला भएको बताएका हुन्।

माधव नेपाललाई विशेषदूत बनाएर भारत पठाउने कुरा के भयो ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘यो कुरा यसभन्दा अगाडि नै मैले प्रष्ट पारिसकेको छु। यसबारे आज कुनै छलफल भएन। अलिकति सल्लाह भएको हो, धेरै हल्ला भएको हो।’