खेल

साग फुटबल : मध्यान्तरसम्म नेपाल १–० ले अगाडि 

साग फुटबल : मध्यान्तरसम्म नेपाल १–० ले अगाडि 

काठमाडौँ । १३ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत फुटबलमा मध्यान्तरसम्म नेपाल १–० ले अघि रहेको छ । बंगलादेशविरुद्ध खेलिरहेको नेपालले १० मिनेटमैँ अग्रता लिएको थियो ।

दशरथ रंगशालामा जारी खेलमा नेपालले जिते वा बराबरी गरेमात्र पनि फाइनल प्रवेश गर्नेछ । नेपालका लागि सुनिल बलले गोल गरेका थिए । सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।