खेल

साग महिला फुटबल : फाइनलमा नेपालले भारतसँग खेल्ने 

साग महिला फुटबल : फाइनलमा नेपालले भारतसँग खेल्ने 

पोखरा । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलमा नेपाल लिगको अन्तिम खेलमा भारतसँग पराजित भएको छ । हारपछि पनि स्वर्णका लागि नेपालले भारतसँग नै खेल्ने भएको छ । लिगको दोस्रो स्थानमा रहँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।

पोखरा रंगशालामा भएको खेलमा नेपाल भारतसँग एक शुन्यले पराजित भयो । महिला फुटबलमा जहिलेपनि भारतसँग पराजित हुँदै आएको नेपालले आजपनि खेलको १८ औं मिनेटमा गोल खान पुग्यो । घरेलु दर्शकमाझ भारतका लागि बालादेवीले गोल गरिन ।

पहिलो हाफमा एक शुन्यले पछि रहेको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो अवसर बनाउन सकेन । जसका कारण नेपालले जारी प्रतियोगितामा पहिलो हार ब्यहोर्यो । यता भारत सबै खेलमा जित निकाल्दे शिर्ष स्थानका साथ फाइनलमा प्रवेश गरेको छ ।

अब स्वर्ण पदकका लागि नेपालले सोमबार भारतसँगै खेल्नेछ ।