समाचार

पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु

पाल्पा । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । राजमार्गको तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट जीप खसेको हो । 

लु १ ज ४२०९ नम्बरको जीप कतिबेला खसेको भन्ने जानकारी नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शी सुजन श्रेष्ठका अनुसार भीरमा दुईवटा शव देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ ।

स्थानीयले छतजस्तो केही वस्तु देखिएपछि प्रहरीलाई खबर गरेको जनाएका छन् । श्रीनगर यातायात व्यवसायी समितिको जीप भएको र पश्चिम भेगमा चल्दै आएको समितिका कार्यालय प्रमुख भविन्द्र गौतमले जानकारी दिएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
 

जीप दुर्घटना