मनोरञ्जन

ऋचा शर्माको विवाह मङ्सिर २१ मा, फेसबुकमा कार्ड सार्वजनिक गर्दै यसो भनिन्

ऋचा शर्माको विवाह मङ्सिर २१ मा, फेसबुकमा कार्ड सार्वजनिक गर्दै यसो भनिन्

काठमाडौँ।  अभिनेत्री ऋचा शर्माले आउँदो मङ्सिर २१ अर्थात् डिसेम्बर ७ लाई विवाहको मिति घोषणा गरेकी छिन।  केहि समय अघि मात्र पोखरामा ब्याचलर्स पार्टी दिएकी ऋचाले आफु मङ्सिर २१ गते बिवाह बन्धनमा बाँधिन लागेको जानकारी फेसबुक मार्फत गरेकी हुन्।  

ऋचाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सबैलाई आशिर्वादका लागि धन्यवाद दिँदै विवाहको मिती निश्चित गरिएको कार्ड सार्वजनिक गरेकी छिन् ।

उनले लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । ऋचाको विवाह कार्डमा लेखिएको छ :

‘हामीले सन् २०१९ को डिसेम्बर ७ तारिखमा लगनगाँठो कस्न लागेको खबर दिन पाउँदा हामी निकै खुसी छौं । तपाईंहरुले हामीलाई यत्तिका वर्षसम्म जति माया र शुभकामना दिनुभयो त्यसका कारण हामी कृतज्ञ छौं । अब हामीलाई जीवनको यो नयाँ यात्रामा तपाईंहरुको आशिर्वाद र माया चाहिन्छ ।’

ऋचा शर्मा विवाह मङ्सिर २१