समाचार

गुल्मीबाट कुल पूजाका लागि छुटेको जीप दुर्घटना, १४ जनाको मृत्यु

गुल्मीबाट कुल पूजाका लागि छुटेको जीप दुर्घटना, १४ जनाको मृत्यु

बाग्लुंग। गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो । नम्बर नखुलेको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल बडीगार्ड खोलामा खसेको छ। 

बुर्तिबाङ्ग प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार एक बालक सहित १४ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई अस्पताल पठाइएको छ । दोहलीका समाजसेवी विष्णु सुनारका अनुसार इस्मा गाउँपालिका–४ साविकको दोहली गाविस–७ पैयापाटाबाट एक परिवार कुल पुजाका लागि बाग्लुङतर्फ जाँदै थिए । सोही गाडी दुर्घटनामा परेको हो ।

घटना बारे थप विवरण आउन बाँकी छ ।

जीप दुर्घटना