समाचार

उमा भुजेलसहित विप्लव समूहका ४ नेता पक्राउ

उमा भुजेलसहित विप्लव समूहका ४ नेता पक्राउ

मोरङः मोरङ र सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ४ जना नेतालाई पक्राउ गरिएको छ । विप्लव समूहका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो । 

यस्तै मोरङका जिल्ला इञ्चार्ज नरेश चौंलागाई र अर्का क्षितिज पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए । 

पक्राउ परेका सबैजनालाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उमा भुजेल नेत्रविक्रम चन्द ‘विप्लव’ विप्लव समूह सुमन सिंह

विशेष