समाचार

प्रहरीलाई घुस दिन खोज्दा रकमसहित पक्राउ

प्रहरीलाई घुस दिन खोज्दा रकमसहित पक्राउ

बाराः प्रहरीलाई घुस दिने क्रममा बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट एक महिलालाई पक्राउ गरि पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ की अम्बिका खातुन रहेकी छन् । भन्सार छली गरी ल्याएको सामान प्रहरीले बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक गोविन्द पुरीका अनुसार  सामान छुटाउन प्रहरीलाई २८ हजार रुपैयाँ घुुस दिने क्रममा खातुन  शुक्रबार पक्राउ परेकी हुन् ।  

शुक्रवार  बिहान बाराको जितपुरवाट हेटौंडातर्फ जादै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा प्रहरीले कपडा प्रहरीले बरामद गरेको थियो । प्रहरीले कपडा बरामत गरे लगत्तै  सामान छुटाउन उनले रकमको प्रलोभन देखाएर प्रहरीलाई पटक–पटक फोन गरेको प्रहरीले बताएको छ । खातुनले यसअघि पनि  प्रहरीकै संरक्षणमा भन्सार छली गरी  सामान ल्याउने गरेको अनुसन्धानको क्रममा भेटिएको छ ।  

बारा घुस पक्राउ