सूर्यग्रहणमा भोलि सार्वजनिक विदा छ की छैन, गृहले दियाे यस्ताे जानकारी

सूर्यग्रहणमा भोलि सार्वजनिक विदा छ की छैन, गृहले दियाे यस्ताे जानकारी

काठमाडौं – सूर्यग्रहणका दिन बिहीबार सार्वजनिक विदा नहुने गृह मन्त्रालयले जनाएको छ।

गृह प्रवक्ता केदारनाथ शर्माले हालसम्म त्यस्तो कुनै निर्णय नभएको बताए। ‘विदा थियो भने त पहिला मलाई जानकारी हुनुपर्ने हो। तर विदा दिनेबारे त्यस्तो कुनै सूचना मलाई प्राप्त भएको छैन’, सार्वजनिक विदाको हल्लाबारे स्पष्ट पार्दै सहसचिव शर्माले भने।

बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि ११ बजेर ३३ मिनेटसम्म करिब तीन घन्टा सूर्यग्रहण लाग्दै छ।

संम्बधित खबर