फोटो

४ किलो यार्सागुम्बासहित ३ जना पक्राउ

४ किलो यार्सागुम्बासहित ३ जना पक्राउ

काठमाडौँ।  थानकोटबाट प्रहरीले ४ किलो २४५ ग्राम यार्सागुम्बासहित ३ जनालाई पक्राउ गरेको छ ।   

युके ०४ टीबी १९६७ नम्बरको भारतीय गाडीमा फल्स बटम बनाइ लुकाएर ल्याउँदै गर्दा महानगरीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २ जना भारतीय र एक नेपाली नागरिक रहेको महानगरीय प्रहरी वृत प्रमुख धनश्याम श्रेष्ठले बताएका छन ।  

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  

 

पक्राउ