हाम्रो पात्रो विज्ञापन
अपराध सुरक्षा

सुनसरीमा माओवादीले लुकाएका हतियार भेटियो 

सुनसरीमा माओवादीले लुकाएका हतियार भेटियो 

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित भरौलबाट तत्कालीन माओवादीले लुकाएर राखेको अत्याधुनिक हतियार एसएलआर र त्यसमा लाग्ने नौ हजार गोली बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले आइतवार उक्त हतियार र ठूलो परिणाममा गोली बरामद गरेको हो । भरौलको खाली चौउरमा अत्याधुनिक गोली र हतियार जमिन मुनि राखिएको गोप्य सुचनाका आधारमा प्रहरीले खानतलासी गर्दा एसएलआर गन र ९ हजार गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताएका छन् ।

घटनास्थलमा बरामद गरिएको हतियार प्रहरीले संकलन गरि मुचुल्का तयार पारेको छ ।  

ADVERTISEMENT