समाचार

उदयपुरमा जीप दुर्घटना, ३ जनाको मृत्यु

उदयपुरमा जीप दुर्घटना, ३ जनाको मृत्यु

उदयपुर।  उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने, ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परि उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय टिकनारायण श्रेष्ठ, ५० वर्षीय ढकबहादुर इस्माली मगर र ३६ वर्षीय मिननारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष मनोज कार्कीले बताएका छन।  दुर्घटनामा घाइते ३ मध्ये २ जनाको अवस्था गम्भीर रहेको कार्कीले बताएका छन।

मृतक तीनै जना पोखरामा मजदुरी गर्न जानका लागि जिपमा सहयोग मागेर कटारीसम्म जाँदै थिए। ३ जना घाइतेको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहेको स्थानीय देव गिरीले बताएका छन ।

नयाँ बाटो र बाक्लो हुस्सुको कारण दुर्घटना भएको अनुमान गरिएको छ।  जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ।

जीप दुर्घटना