समाचार

दुई देशको नागरिकता खल्तीमा, व्यापार चल्तीमा

दुई देशको नागरिकता खल्तीमा, व्यापार चल्तीमा

खोटा चलन कारोबारमा युनुस अन्सारीको परम मित्र रहँदै आएका भारत बिहारका पण्डित मदन चौबे दुई देशको नागरिक भएको खुलासा भएको छ । २०४२ सालमा बंशजको नाताले नेपालको नागरिकता लिन सफल पण्डित चौबे अहिलेसम्म पनि भारतको नागरिक भएको तथ्य फेला परेको हो । उनले आफ्नो वैध अवैध आर्थिक कारोबार गर्नको निम्ति समयानुकूल दुवै देशको नागरिकता प्रयोग गर्दै आइरहेको खुलेको छ ।

वीरगंजको बसडिल्वा गाविस हाल वडा नं २९ मा पुजापाठको निम्ति जितन चौबेलाई भारतबाट त्यहाँका मान्छेहरुले बोलाएका थिए । जितन चौबेको छोरामध्ये एक मदन चौबे आर्थिक अवस्था धेरै खराब भएको कारण त्यस बखत गाउँका असामाजिक तत्वहरुसंग मिलेर घर–घरमा सेन काट्ने काम गर्थे । सेन काट्दै गर्दा पक्राउ परेपछि गाउँलेहरुको कब्जाबाट उनकै स्वजातीय तात्कालिन स्वर्गवासी गाविस प्रमुख मदन उपाध्यायले दुई चार झापड लगाएर मदन चौबेलाई गाउँ निकाला गरेका थिए । 

त्यही मदन चौबे केही वर्षको भारत बसाईपछि अहिले आएर वीरगञ्जमा एकाएक लगभग आधा दर्जन भवन, करौडौंको हिरा जवाहरातलगायत औषधी कारखानको मालिक भएको देख्दा स्थानीय बासिन्दाहरु छक्क परेका छन् । अझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका तात्कालिन नेपाल आयल निगमका प्रबन्धक रामाज्ञ चुतर्वेदीको छोराको दोस्रो ससुरा बनेपछि चौबेको चर्तिकला चुलिएको छ ।

अवैध रकम आर्जन गर्न पल्केका अर्का सम्धी आफू अनुकूल पाएपछि चौबे अहिले आफूलाई सर्वशक्तिमान ठान्ने गरेका छन् ।  भ्रष्टाचारी चतुर्वेदीको साथ सहयोग पाएर नेपाल–भारत दुवै देशमा वैध अवैध नोट तथा आर्थिक कारोबारमा वर्चस्व जमाएका चौबेको बारेमा दुवै देशमा छानबिन हुने सम्भावना बढेर गएको छ । 

मदन चौबेको बुवा जितन चौबे नेपालको नागरिक नभएको भएपनि मदनले झूटो विवरण पेश गरी बंशजको नाताले नेपाली नागरिकता लिएको तथ्य सार्वजनिक भएको छ । नेपालमा बंशजको नाताले रजगज गर्दै आएका मदन चौबे भारतको निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय मतदाता पोर्टलको सेवा सूचीमा उनी २०७६ मंसिर २४ गतेसम्म भारतीय मतदाता रहेको उल्लेख छ ।

बिहार राज्य विधानसभा रक्सौल पहचान पत्र क्रमांक भ्एक्ष्ऋ लय। श्द्यज्ण्टछठछण्द्द रहेको मदन चौबे भारतीय मतदाता रहेको प्रष्ट किटान गरेको छ । यस्ता दुवै देशका नागरिक रहेका व्यक्तिहरुमाथि नेपाल तथा भारत सरकारले कस्तो कारवाही गर्ने हो ? त्यसको प्रतिक्षा आम जनमानसले गरिरहेको छ ।  
 

नागरिकता खोटा चलन