समाचार

कलाकार भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

कलाकार भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन् । 

आज ट्विट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।’ प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन् । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

केपी शर्मा ओली श्रद्धाञ्जली केशव भट्टराई दीपक क्षेत्री