समाचार

शिवराज नगरपालिका–१० मा राजपाकी उम्मेदवार विजयी

शिवराज नगरपालिका–१० मा राजपाकी उम्मेदवार विजयी

कपिलवस्तुः जिल्लाको शिवराज नगरपालिका–१० को निर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्रा निर्वाचित भएकी छिन् ।

शनिबार राति चन्द्रौटामा सम्पन्न मत गणनाको परिणामअनुसार राजपाकी उम्मेदवार मिश्राले ८ सय ६८ मत ल्याउँदै निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका देवराज भारतीले ४ सय ६५ मत ल्याएका छन् ।

यसैगरी नेकपाका अदालत मनिहारले १ सय ४७ मत प्राप्त गरेका छन् । वडामाकुल २ हजार ७२ मतदाता रहेकोमा १ हजार ७ सय २२ मत खसेको थियो ।

कपिलवस्तु शिवराज नगरपालिका मन्जु मिश्रा