अपराध सुरक्षा

दाइजोमा फ्रिज नदिएको भन्दै नवविवाहिताको हत्या

दाइजोमा फ्रिज नदिएको भन्दै नवविवाहिताको हत्या

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिताको हत्या भएको छ । करिब १७ लाख बराबरको सामान दाइजोमा दिएको भएपनि फिज नपुगेको भन्दै बेहुलीलाई यातना दिइने गरेकाले ज्वाईँले नै हत्या गरेको पीडित परिवारले आरोप लगाएको छ ।

बेहुलीका बुबाका अनुसार १० लाख नगद, साँढे नौ तोला सुन, फर्निचर लगायका सामान दिएको भएपनि फ्रिज नपुगेको भन्दै बेहुलीका श्रीमानले यातना दिने गरेको आरोप बेहुलीका बुबाले लगाएका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी नवीनकिशोर शाहकी १९ वर्षीया श्रीमती ज्योति नायक विहीबार अपरान्ह ४ बजे घाँटीमा सल बेरिएको अवस्थामा भेटिएकी थिइन् ।

ज्योतिका बुबा सुरेन्द्र नायकले दाइजोको निहूँमा हत्या गरेको भन्दै ज्वाईँसहित घर परिवारविरुद्ध जाहेरी दिएका छन् । नवीनकिशोरका परिवारले भने ज्योतिले आत्महत्या गरेको जनाएका छन् ।