समाचार

बहिनी बलात्कार आरोपमा दाजु पक्राउ

बहिनी बलात्कार आरोपमा दाजु पक्राउ

गुलरियाः बर्दियाबाट प्रहरीले नाबालिका बहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा दाजुलाई पक्राउ गरेको छ ।

गुलरिया नगरपालिकाका २५ वर्षीय नाताले दाजु पर्ने युवाले एक महिना अगाडि बहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत २५ असोजमा पीडकले एकछिन काम छ भन्दै राति ११ बजे फकाएर शौचालयपछाडि लगेर करणी गरेको पीडित बालिकाले बताएकी छन् । कसैलाई भने मार्ने धम्की दिएकाले घटनाबारे उनले कसैलाई बताएकी थिइनन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा फुपुलाई उनले घटना विवरणा भनेपछि शुक्रबार प्रहरीमा जाहेरी परेको हो । जाहेरी परे लगत्तै प्रहरीले पीडकलाई पक्राउ गरेको थियो । 

पीडकलाई घरबाटै पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । 

बर्दिया जबरजस्ती करणी बलात्कार