समाचार

हिउँले ढाक्यो रुकुमपूर्वका हिमशृंखला, टेलिफोन सेवा अवरुद्ध

हिउँले ढाक्यो रुकुमपूर्वका हिमशृंखला, टेलिफोन सेवा अवरुद्ध

रुकुमपूर्व। बिहीबारको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन् ।

प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिमाल सेताम्मे बनेका हुन् ।

चार÷पाँच वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर पत्थर मात्र देखिने गरेको थियो । तर बिहीबार परेको हिउँले सिस्नेलगायत हिमाल  सेताम्मे देखिएका छन् ।

हिमपात भएसँगै चिसो बढेको छ । चिसोले नागरिकको जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै आकाशमा लागेको बादलको कारणले गर्दा रुकुमपूर्वलगायत आसपासका क्षेत्रमा टेलिफोन सेवामा पनि अवरुद्ध भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।  

 

हिमपात रुकुमपूर्वका

विशेष