मुख्य समाचार

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किए, ७ जनाको मृत्यु

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किए, ७ जनाको मृत्यु

सुनसरीः सुनसरीको कोशी गाँउपालिका–७ हरिपुरस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार राति भएको सडक दुर्घटनामा ७ जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका हरिपुरमा शनिबार राति करिब साढे १२ बजे विराटनगरबाट उदयपुरका लागि छुटेको एम्बुलेन्स र पश्चिमबाट पूर्वका लागि छुटेको मालवहाक ट्रक ठोक्किँदा ७ जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर फर्कने क्रममा को १ च नम्बर एम्बुलेन्सका चालक उदयपुरका २८ वर्षीय राजेश दनुवार, ८५ वर्षीया शिवमाया राई, ५० वर्षीय तुलाबहादुर राई, ३८ वर्षीय दुर्गाधन राई, ३४ वर्षीय मुकेश राई, समान ३२ वर्षका टेकेन्द्र राई र दिनेश राईको घटनास्थलमै मृत्यु भएको हो ।

ना २ ख ९०८२ नम्बरको मालबहाक ट्रक प्रहरीको नियन्त्रणमा रहे पनि ट्रकका चालक भने फरार छन् । मृतक सातैजना उदयुपर निवासी भएको प्रहरीले जनाएको छ । उनीहरुको शव जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

सुनसरी सडक दुर्घटना