मुख्य समाचार

नेकपा अध्यक्ष प्रचण्डद्वारा उधौली पर्व तथा ज्यापु दिवसको शुभकामना

नेकपा अध्यक्ष प्रचण्डद्वारा उधौली पर्व तथा ज्यापु दिवसको शुभकामना

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापु दिवसकाे स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीलाई एउटै राष्ट्रिय एकतामा एकतावद्ध गर्न सकेको बताएका छन् । आज एक शुभकामना सन्देश व्यक्त गर्दे अध्यक्ष प्रचण्डले भनेका छन्, ‘सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यी पर्वहरुले थप मद्दत मिल्ने विश्वास लिएको छु । सामाजिक न्याय सहितको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार पार्ने वर्तमान सरकार र हाम्रो पार्टीको स्पष्ट रणनीति रहेको छ । नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान हुन् । सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ ।’

उधौली पर्वले नेपालीमा आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्न मद्दत पुगोस् भन्दै अध्यक्ष प्रचण्डले बताएका छन् ।

उधौली पर्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यापु दिवस