समाचार

सिन्धुपाल्चोकमा भूकम्प जाँदा काठमाडाैंमा धक्का

सिन्धुपाल्चोकमा भूकम्प जाँदा काठमाडाैंमा धक्का

काठमाडौं – सिन्धुपाल्चोकमा भूकम्प जाँदा काठमाडाैंमा धक्का महशुस भएकाे छ। काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको धक्का महसुस भएको हाे।

बेलुका ७ बजेर ११ मिनेट जाँदा काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय  भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।यसअघि गत मंसिर ११ गते सिन्धुपाल्चोक नै केन्द्रबिन्दु रहेर भूकम्प भएको थियो। त्यतिखेर ५ म्याग्नेच्युड क्षमताको कम्पन रेकर्ड भएको थियो।