मुख्य समाचार

दाङको घोराहीमा काँग्रेसका डाँगी विजयी

दाङको घोराहीमा काँग्रेसका डाँगी विजयी

काठमाडौंः दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । 

घोराही उपमहानगरपालिका वडा नं.१६ मा नेपाली काँग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी भएका हुन् । उनले १ हजार २ सय २२ मत प्राप्त गरे ।

टिकट नपाएपछि स्वतन्त्र उठेका उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याए । डाँगीका प्रतिद्धन्द्धी  नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत प्राप्त गरेका थिए । गएको निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा विजयी भएका थिए । 

वडा नं. १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । जसमध्ये ६८ मत बदर भएको थियो ।

बुढाको निधन भएपछि वडा नं. १६ मा उपनिर्वाचन भएको हो । चुनावमा स्वतन्त्र उठेपछि थारुलाई नेकपाले कारवाही गरेको छ ।  

दाङ ताराबहादुर डाँगी