विदेश

आसाम राज्यमा नागरिकता विधेयकप्रति नेपालीभाषीको विरोध

आसाम राज्यमा नागरिकता विधेयकप्रति नेपालीभाषीको विरोध

एजेन्सी । भारतीय संसद्को तल्लो सदनले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेसँगै पूर्वोत्तर भारतको आसाम राज्यका नेपालीभाषीहरूले त्यसको विरोध गरेका छन् ।

उक्त विधेयकको विरोधमा आसामका आदिवासीहरूले गरिरहेका आन्दोलनमा नेपालीभाषीहरू पनि सहभागी भएका छन् ।उक्त विवादास्पद विधेयकको भारतका अन्य राज्यहरूमा पनि विरोध भइरहेको छ ।

बीबीसीका अनुसार विधेयकले आफ्नो अधिकारलाई सीमित पार्न सक्ने भन्दै आसामका विभिन्न आदिवासीहरूले विरोध जनाइरहेका छन् ।

विरोधप्रदर्शनमा नेपालीभाषीहरू पनि सहभागी भएको आसाम गोर्खा सम्मेलनका सभापति रामप्रसाद शर्माले बताए । लोकसभाले सोमबार राति उक्त विधेयक पारित गरेको थियो ।