स्वास्थ्य

टाटु बनाईसकपछि यी कुरामा राख्नुहोस ख्याल, अन्यथा निम्तन सक्छ गम्भीर समस्या

टाटु बनाईसकपछि यी कुरामा राख्नुहोस ख्याल, अन्यथा निम्तन सक्छ गम्भीर समस्या

पछिल्लो समय युवापुस्ताका माझ टाटु क्रेज बढ्दै गएको छ । उनीहरु शरीरमा विभिन्न आकृतिका टाटु बनाउन रुचाउछन । पछिल्लो समय केहिले फेसनका लागि त केहिले शरीरको दाग छुपाउन पनि शरीरमा टाटु बनाउछन । तर फेसनको पछाडी दौडिएर टाटु बनाउनु मात्र तपाईका लागि पर्याप्त छैन टाटु बनाईसकेपछि स्किनको ख्याल राख्नु पनि उति नै महत्वपुर्ण छ।  

कुनै बेला टाटु बनाउने क्रममा इन्फेक्सन भई यसले बिकराल रुप पनि लिन सक्छ।  त्यसकारण टाटुको इन्फेक्सन हुनुपुर्व यस्ता कुरामा विचार पुर्याएको खण्डमा खतरनाक समस्याबाट बच्न सकिन्छ।  

-टाटु बनाए पश्चातको केहि दिन घाउ हुनु सामान्य कुरा हो तर समयसँगै घाउ बढ्दै गएको खण्डमा तुरुन्तै डाक्टरको सल्लाह लिनु आवश्यक छ।  

-यदि तपाईको टाटुबाट निलो, पहेंलो, हरियो जस्ता रंग निस्किएका छन भने तुरुन्तै डाक्टरलाई देखाई हाल्नु पर्छ। यस्तो रंग निस्कन थालेपछि तपाईले इन्क निस्किएको सोच्नुहोला तर त्यसो होइन यसलाई नजरअन्दाज गर्दा गम्भीर समस्या पनि निम्तन सक्छ।  

-यदि तपाईको टाटुबाट फरक खालको गन्ध आइरहेको छ भने बुझ्नुहोस् तपाईलाइ इन्फेक्सन भएको छ ।  यसका लागि तुरुन्तै डाक्टरको परामर्श लिनु आवश्यक छ।  

-टाटु बनाईसके पछि केहि दिन अलि अलि दुखाई हुनु सामान्य कुरा हो तर यदि दुखाई बढ्दै गयो भने सचेत हुनुहोस 

-टाटु बनाएको समयमा स्किन रातो हुनु त स्वाभाविक नै हो तर बिस्तारै बढ्दै गयो भने तुरुन्तै डाक्टरको सल्लाह लिनु आवश्यक छ।  

-टाटु बनाएको केहि दिन सम्म पनि छाला सुन्नियो भने बेलैमा सचेत रहनुहोला 

यी कुरामा ध्यान दिन सकियो भने टाटुबाट हुने इन्फेक्सनबाट बच्न सकिन्छ। 

 

टाटु