विचित्र विश्व

जन्ती आउन ढिला भएको भन्दै दुलहीले खोजिन दोस्रो दुलाहा

जन्ती आउन ढिला भएको भन्दै दुलहीले खोजिन दोस्रो दुलाहा

बिवाहको सिजन सुरु भएसंगै बेलाबखत नयाँ नयाँ कुराहरु देख्न अनि सुन्न पाइन्छ।  कहिले  विवाहको  मण्डपबाट बेहुली भागेको त् कहिले बेहुला, अनि कहिले कहिँ त बेहुला बेहुलीको रिसले जन्ती नै समेत फिर्ता लगेको खबरहरु पनि हामी यदाकदा सुन्ने गर्छौं तर बिजनौरमा भने यो भन्दा बिल्कुलै फरक घटना भएको छ।  

विवाहमा बेहुला जन्ती लिएर ढिलो पुगेको भन्दै बेहुलीले आफ्नो लागि अर्को बेहुला खोजेकी छन । यो घटना बिजनौरका नांगलजाट गाउँको हो। जन्ती आउने समय दिउँसो २ बजेको रहेको तर साझसम्म पनि जन्ती बेहुलीको घर नपुग्दा परिवार पक्ष रिसाउनु सिबाय अरु केहि उपाय नै थिएन ।  यसै कारणले बेहुलीले पनि विवाह गर्न इन्कार गरि आफ्नो विवाहको लागि दोस्रो दुलाहा खोजेकी हुन् । 

एक रिपोर्टका अनुसार जन्ती ढिलासम्म पनि बेहुलीको घर नआउनुको एक मात्र कारण दाइजो रहेको बताईएको छ।  बेहुला पक्षले 'कार बाईक' जस्ता साधन दाइजोको रुपमा मागेको तर बेहुली पक्ष दाईजो दिन असमर्थ रहेकाले यो सब भएको हो।  

बेहुला पक्षले भने दाइजो मागेको कुरा साँचो नरहेको बताएको छ। आफुहरुलाई कसैले कुटपिट गरेको र १ घण्टासम्म कोठामा बन्द गरिदिएकाले बिवाहस्थलसम्म पुग्न ढिला भएको उनीहरुले जनाएका छन। प्रहरीका अनुसार यो घटना १ महिना अघिको रहेको बताएको छ ।   

 

विवाह