समाचार

बलात्कार अभियोगमा फेरि अर्का महरा पक्राउ, विवाहको आश्वासन देखाइ बलात्कार गरेको आरोप

बलात्कार अभियोगमा फेरि अर्का महरा पक्राउ, विवाहको आश्वासन देखाइ बलात्कार गरेको आरोप

काठमाडौंः विवाहको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ ।

बालिकालाई ललाइफकाइ विवाहको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका आधारमा महरालाई पक्राउ गरिएको हो ।

उनलाई आवश्यक कानुनी कारवाहीका लागि आज जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । राजधानी दैनिकमा प्रकाशित 

बलात्कार