बानेश्वरमा अख्तियारकाे स्टिङ अपरेसन, २० लाख रूपैयासहित कार्यालय प्रमुख पक्राउ

बानेश्वरमा अख्तियारकाे स्टिङ अपरेसन, २० लाख रूपैयासहित कार्यालय प्रमुख पक्राउ

काठमाडाैँ - पछिल्लाे समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कर्मचारी विरूद्द स्टिङ अपरेसन नै चलाएकाे छ।

साेही क्रममा सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन्।

काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार रनिङ बिल भुक्तानी गरिदिने भनेर उनीहरुले २० लाख रुपैयाँ घुस लिएका थिए ।

संम्बधित खबर