समाचार

बल्खु–दक्षिणकाली सडक विस्तार: एक महिनाभित्र सम्पन्न गरिने

बल्खु–दक्षिणकाली सडक विस्तार: एक महिनाभित्र सम्पन्न गरिने

 सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटाँैडा जोड्ने सबैभन्दा छोटो वैकल्पिक बाटोका रूपमा रहेकोे बल्खु–दक्षिणकाली सडक विस्तार तथा स्तरोन्नति गर्ने कार्य अबको एक महिनाभित्र सम्पन्न हुने भएको छ ।

सडकका कतिपय खण्ड अहिले पनि नाजुक भइरहँदा एक महिनामा सम्पन्न हुनेमा अझै ढुक्क हुने अवस्था छैन ।
यो सडकखण्ड निर्माण हुन नसक्दा वर्षात्को समयमा हिलो तथा हिउँदको समयमा धुलोले यहाँका स्थानीयवासी र यो सडक भएर यात्रा गर्ने यात्रु सास्ती बेहोर्दै आएका छन् ।

वाक्क भएका स्थानीय बासिन्दा तथा यात्रुको स्वास्थ्यमा समस्या उत्पन्न हुने खतरा बढ्दो छ । त्यसैगरी वीरगञ्ज, हेटौँडालगायत तराईका जिल्लाबाट उपचारका लागि बिरामी बोकेर काठमाडौँ आउने जाने एम्बुलेन्सलाई यस सडकले असहज बनाएको छ ।

काठमाडौँबाट बल्खु–फर्पिङ–छैमले–कुलेखानी–देउराली हुँदै हैटौँडासम्म आउन जानका लागि छोटो दूरीका रूपमा रहेको यो सडकको विस्तार तथा स्तरोन्नति कार्य मङ्सिरभित्र सम्पन्न हुने जानकारी सडक योजनाका प्रमुख जगत प्रजापतिले दिनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा  भउचप्रसाद यादवले लेखेका छन  

बल्खु–दक्षिणकाली सडक