समाचार

विमानस्थलमा श्री र यती एयरलाइन्सको जहाज ठोक्कियो

विमानस्थलमा श्री र यती एयरलाइन्सको जहाज ठोक्कियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज ठोक्किएका छन् । फरक कम्पनीकाे २ वटा जहाज एकअापसमा ठाेक्किएका हुन्।

विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई ठक्कर दिएकाे हाे ।

विराटनगरबाट काठमाडाैं आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले जानकारी दिए । जहाजमा सामान्य क्षति भएकाे छ।