इण्डोप्यासिफिक रणनीतिबारे अमेरीकन राजदूत बेरीले के भने ? (भिडियाेसहित)

इण्डोप्यासिफिक रणनीतिबारे अमेरीकन राजदूत बेरीले के भने ? (भिडियाेसहित)

काठमाडौँ । बहुचर्चित इण्डो प्यासिफिक रणनीतिबारे नेपालका लागि अमेरीकी राजदूत र्याण्डी बेरीले एक एक भिडियो सन्देशमार्फत स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमार्फत इण्डोप्यासिफिक रणनीति एशिया प्रशान्त क्षेत्रमा अमेरीकी नीति मात्रै भएको जनाएका छन् ।

उनले यस नीतिले एशिया प्रशान्त क्षेत्रमा विधिको शासन, खुलापन र स्वतन्त्रताबाट सुशासित रहने जनाएका छन् । आफू यस क्षेत्रका लागि प्रतिबद्ध रहेको र सँधै स्वतन्त्र, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको सम्मान गरिने भनेर जनाउने व्यवस्था यो रहेको उल्लेख गरेका छन् । यसमा कुनै क्लब आबद्ध हुनुपर्ने जनाएका छन् ।

What is the Indo-Pacific Strategy? It is our broad approach to economic, security  & governance engagement in this region. In short, it’s our way of saying that we're  committed to this region & that we will always uphold & support a free, fair, & rules-based international order. pic.twitter.com/Ld3lywVP7h

— Ambassador Randy Berry (@USAmbNepal) October 11, 2019

उनले भिडियोमा भनेका छन्–‘इण्डोप्यासिफिक रणनीति न त कुनै सन्धि हो न त गठबन्धन नै । यो हाम्रो नीति हो । नेपालीले सहभागिता जनाउनुपर्ने वा सामेल हुनुपर्ने केही छैन यसमा । ’ उनले यो कसैलाई बहिष्कार गर्नका लागि नबनाइएको जनाएका छन् । ‘यो कसैलाई बहिष्कार गर्न बनाइएको होइन बरु त्यसको ठीक विपरीत निष्पक्ष, स्वतन्त्र र खुला नियममा आधारित व्यवस्थाको पालना गर्नाले सबै देशले फल्ने फुल्ने र समृद्ध बन्ने समान व्यवस्था सुनिश्चित गर्छ ।’ 

बेरीले यस क्षेत्रका सबै देशमा विधिको शासन र सार्वभौमिकतामा आधारित सकारात्मक सम्बन्धलाई प्रोत्साहित गर्ने जनाएका छन् । ‘सबैभन्दा महत्वपूर्ण कुरा नेपाल नेपाल अमेरीका सँधै संलग्न हुँदै आएको र सँधै संलग्न हुने तरिका अनुरुप छ यो । यसलाई जे नाम दिएपनि नेपालसँगको हाम्रो ७० वर्षको घनिष्ठ समझदारी संलग्नताको मर्मअनुरुप रहिआएको छ ।’

 

उनले यस अवधिसम्म धेरै कुरा हासिल गरेको पनि जनाएका छन् । विनाशकारी भूकम्पपछि युएसएडको साझेदारी, एमसीसी कम्प्याक्ट परियोजनामार्फत प्रस्ताव गरिएका सम्भावना र निरन्तर त्यसमा भएका प्रगति, अमेरीकी सरकारको आदान प्रदान कार्यक्रम अन्तर्गत अध्ययन, तालिम भ्रमण गरेका हजाराैँ नेपालीहरु, भूकम्पपछि गद्यी बैठक, अन्य सांस्कृतिक सम्पदाहरुको पुनःस्थापना लगायतका कुरा यस नीतिमार्फत अघि बढाइएको उल्लेख गरेका छन् ।  

उनले अन्त्यमा भनेका छन् –‘यसलाई जे नाम दिएपनि नेपालप्रतिको हाम्रो प्रतिबद्धता सदैव दृढ रहेको छ र रहिरहने छ ।’ अमेरीकी राजदूतको यो भनाइ ट्विटरमार्फत सार्वजनिक गरिएको छ ।

यो सामग्री पब्लिक न्युज एजेन्सी ( publicnewsagency.com) बाट साभार गरिएको हो । यहाँहरुले पनि बाट साभार गरी यी सामग्री पुनः प्रकाशन गर्न सक्नुहुनेछ ।

इण्डोप्यासिफिक रणनीति अमेरीकी राजदूत

संम्बधित खबर