समाचार कभर स्टोरी

कर्मचारी अभावमा श्रम स्वीकृतिको काम रोकिने

कर्मचारी अभावमा श्रम स्वीकृतिको काम रोकिने

काठमाडाैँ – श्रम तथा रोजगार कार्यालय विराटनगरले कर्मचारीको अभाव भएको भनदै श्रम स्वीकृतीको काम केही दिन रोकिन सकिने भन्दै केन्द्रमा पत्र पठाएको छ। 

वैदेशिक श्रम स्वीकृति लिने सेवाग्राहीहरुको भीड अत्याधिक भएको भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगरले  वैदेशिक रोजगार विभाग, मन्त्री र सचिवलाई सम्बोधन गरी कर्मचारी नपठाए काम गर्न नसकिने व्यहोराको आज पत्र पठाएको छ।

पत्रमा तत्काल तीन दिन भित्र दुई कम्प्युटर अपरेटर र एक नयाब सुब्बा गरी ३ कर्मचारी काजमा नपठाए काम गर्न नसकिने लेखिएको छ।