अपराध सुरक्षा

पेस्तोल र गोलीसहित ३ जना पक्राउ

पेस्तोल र गोलीसहित ३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले युएस मेड लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको नेपाल आजलाई जानकारी दिए ।

‘ यिनीहरु लुटेरा रहेछन् । पहिले पनि पक्राउ गर्न प्रयास गर्दा भागेका थिए ।’   घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।