अन्तरवार्ता भिडियो

लिपुलेक र कालापानी खोसिएको विषयमा तत्काल छानबिन गर ( भिडियोसहित) 

लिपुलेक र कालापानी खोसिएको विषयमा तत्काल छानबिन गर ( भिडियोसहित) 

‘कुनैपनि छिमेकीले नेपालको एक इन्च पनि भूमि खोस्न पाउँदैन । आफ्नो भूमि अतिक्रमण भएको कुनैपनि नेपालीलाई सैह्य हुँदैन । भारतले हालै सार्वजनिक गरेको आफनो नक्शामा लिपुलेक, कालपानी र लिम्पियाधुरासमेत राखेको विषय के हो ? यी भूमि नेपालका हुन् कि भारतका ? तत्काल सरकारले छानबिन कमिटी बनाई सत्यतथ्य सार्वजनिक गर्नुपर्छ । भारतले गल्ती गरेको भए सच्याउन लगाउनुपर्छ । ’ 

नेपाल आजसंगको बसाईमा विश्लेषक डा. राजेश अहिराज भन्छन्, ‘ नेपालले यस्ता गम्भीर विषयमा कहिल्यै गम्भीरतापूर्वक गृहकार्य गरेको पाइएन । दुई पक्षीय बैठकमा पनि नेपालले अडानपूर्वक आफना कुरा राख्न सक्दैन । मुलुकको सीमा र भूमिबारे जे जस्ता विवाद उठेका छन्, तीनका विषयमा अध्ययन गर्न विज्ञहरु सम्मिलित कमिटी बनाइ भारतसंग कुरा गर्नु जरुरी छ ।’

अमेरिकाको त्रास 

अहिले नेपाली भूमि भारतको नक्शामा परेको विषय मात्र होइन अमेरिकाले नेपाललाई आतंकवादीको ‘ट्रान्जिट पोइन्ट’ का रुपमा व्याख्या गरेको विषयमा पनि अहिराज चिन्तित छन् । 

उनी भन्छन्– ‘अमेरिका द्वन्द्व बढाएर शान्तिका संस्थाहरु खोली व्यापार गर्ने मुलुक हो । नेपालका विषयमा विश्वमाझ असुरक्षाको सन्देश फैलाएर राष्ट्रसंघका नाममा वा सिधै आफना सेना ल्याउने योजना पनि हुनसक्छ । जे भएपनि यो गलत हो । सरकार सजग हुने भनेको यस्तै बेलामा हो । कसैको राजनीतिक क्रिडास्थल बनेर मुलुकलाई बदनाम हुन दिनु हुँदैन । नेपालले यस्ता अवाञ्छित अभिव्यक्ति दिने मुलुकलाई ‘माइण्ड योर बिजनेस’ भन्न सक्नुपर्छ । 

डा. अहिराजका अनुसार अमेरिकाले नेपालमा ठूलो लगानीमा निकै सुविधाजनक र  विशाल दूतावास बनाउनुको विशेष रहस्य छ । नेपाल जस्तो सानो मुलुकमा जुन हिसाबको उसको दूतावास छ, त्यसले उसको नियत स्पष्ट गर्दछ । अमेरिका नेपालमा कुनै मिसनमा छ । दूतावासको पूर्वाधार, त्यहाँको जनशक्ति र उसको खटनपटनले अमेरिका ठूलै मिसनमा छ भन्ने संकेत गर्दछ । पछिल्लो समय नेपाल सम्बन्धी उसको चासो र अभिव्यक्ति सतहमा देखिएका मात्र हुन्, भित्र त्यो भन्दा पनि भयानक खेल भइरहेको अनुमान गर्न सकिन्छ । 

">

दूतावास सेनाको घेरामा

नेपालमा विदेशीहरुको चलखेल धेरै बढेकाले अब सरकारले नै त्यसलाई नियन्त्रण गर्नुपर्छ । यसका लागि सरकारले आफैंले जग्गा अधिग्रहण गरेर सबै देशका दूतावासलाई एकै ठाउँमा राख्नुपर्छ । उनीहरुको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ । यो नै दूतावासका चलखेल रोक्ने सबैभन्दा उत्तम विधि हो । 

गौर घटना छानबिन 

कुनैपनि आपराधिक घटनाको संरक्षण गर्न खोज्नु गलत हो । यो पाप हो । अहिले पूर्वसभामुख कृष्णबहादृुर महरा र कांग्रेस सांसद मोहम्मद आफताव आलम चर्चामा छन् । जतिसुकै पुरानो घटना किन नहोस, यदि त्यो अपराध हो भने त्यसको छानबिन गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्नुपर्छ । 
गौर घटनामा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम जोड्ने गरिन्छ । उनी दोषी हुन भने उनलाई पनि पक्राउ गरी कारवाही गर्नुपर्छ । होइन भने, कसैको चरित्र हत्या गर्न पाइँदैन ।

आफनो नाम जोडिएपछि स्वयं उपेन्द्रले पनि अनुसन्धानका लागि मद्दत गर्नुपर्छ । राजनीतिक पूर्वाग्रह साँधेर कसैलाई फसाउनका लागि नभइ विधिको शासन स्थापित गरी मुलुक बनाउन कानुनको प्रयोग गर्ने हो । यसो गर्दा जस्तोसुकै व्यक्ति किन नहोस अपराधी हो भने त्यसलाई जेलमै कोच्नुपर्छ । 

">

धार्मिक हिंसा र गृहयुद्ध

यो मुलुक हिन्दु राष्ट्र बन्नुपर्छ । यसो गर्दा नेपथ्यका थुप्रै चलखेल बन्द हुनेछन् भने नेपालमा सद्भाव अभिबृद्धि अझ बढी हुनेछ । 
कानुनी शासनको अभ्यास र अनुभूति नेपालीले गर्न पाउनु पर्छ । यो काम सरकारको हो । सरकारले यो गराउनै पर्छ । अन्यथा, मुलुकमा मच्चिने धार्मिक हिंसा र गृहयुद्धलाई कसैलाई रोक्न सक्ने छैन । 

">