समाचार

बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे देउवा

बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे देउवा

काठमाडौंः नेपाली कांग्रेसका सभापति एंव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आइतवार सिन्धु्पाल्चोकको सुकुटेमा भएको दुर्घटनाका घाइतेलाई भेट्न धुलिखेल अस्पताल पुगेका छन् । 

सोमवार बिहान देउवा धुलिखेल अस्पताल पुगेर दुर्घटनामा घाईतको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । उनीसँगै पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, पूर्व सांसद तिर्थ लामा समेत अस्पताल पुगेर दुर्घटनामा घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । 

बस दुर्घटना शेरबहादुर देउवा