समाचार

हिमाञ्चल प्रदेशबाट गाँजासहित १२ नेपाली पक्राउ

हिमाञ्चल प्रदेशबाट गाँजासहित १२ नेपाली पक्राउ

भारतको हिमाञ्चल प्रदेशबाट लागुऔषधसहित १२ जना नेपालीसहित ३१ जना पक्राउ परेका छन।  

भारतीय संचारमाध्यामका अनुसार पक्राउ परेका १२ नेपाली मध्ये ५ जना महिला रहेको पनि उल्लेख भएको छ। उनीहरुलाई गत शनिवार प्रहरीले कुल्लु जिल्लाको पार्वती गाउँबाट पक्राउ गरेको हो।  

पक्राउ परेका ३१ मध्ये १९ जना स्थानीयबासी रहेको भएता पनि नेपालीहरुको भने ठेगाना खुल्न सकेको छैन।  

प्रहरीले उनीहरुसंगबाट २ किलो ९१३ ग्राम गाँजा बरामद गरेको छ। 

गाँजासहित १२ नेपाली पक्राउ