समाचार

मोटरसाइकल दुर्घटनामा नेकपाका स्थानीय नेताको मृत्यु

मोटरसाइकल दुर्घटनामा नेकपाका स्थानीय नेताको मृत्यु

राँझाः सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नं. को मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए । 

उनका अनुसार गए राति करीब ८ बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो । गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता थिए । (फाइल फोटो) 

मोटरसाइकल दुर्घटना सुर्खेत