प्रवास

कतारमा नेपाली कामदारलाई साढे ४ लाख पुरस्कार

कतारमा नेपाली कामदारलाई साढे ४ लाख पुरस्कार

दोहाः कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत नेपाली कामदार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा मोरङका गोर्खबहादुर राई रहेका छन् । उनलाई कम्पनी मालिक आसर अल अलीले १५ हजार रियाल अर्थात् नेपाली ४ लाख ७२ हजार इनाम स्वरुप प्रदान गरेका छन् । 

१० वर्षदेखि सोही कम्पनीमा कार्यरत राई इमान्दार र लगनशील भएर काम गरेवापत कम्पनीले उनलाई सो रकम प्रदान गरेको हो । कन्स्ट्रक्सनमा हेल्परका रुपमा आएका उनी अहिले सोही कम्पनीको सिभिल फोरमेन भइसकेका छन् । नासर अल अली इन्टरप्राइसेसमा काम गरेर झापामा जग्गा जोडि सकेको उनले बताए ।

कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले सबै कामदारहरुसँग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारका लागि उनी मालिक नभएर अविभावक भएको बताए । 

कतार नेपाली कामदार नासर अल अली इन्टरप्राइसेस