समाचार

गोरु काटेर खाएको आरोपमा ४ जना पक्राउ

गोरु काटेर खाएको आरोपमा ४ जना पक्राउ

बागलुङ ।  बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा प्रहरीले चार जनालाई  पक्राउ गरेको छ ।  

साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् ।

पक्राउ परेका चारैजनाबिरुद्ध पशुसम्बन्धी कसुर अन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिएका छन । 

उनीहरुको जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको उनले जनाएका छन ।  

 

पक्राउ