समाचार

सुदूरपश्चिममा भूकम्पको झट्का, हल्लिए पहाडी जिल्ला

सुदूरपश्चिममा भूकम्पको झट्का, हल्लिए पहाडी जिल्ला

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बझाङको पौवागढी आसपास केन्द्रबिन्दु पारेर साँझ ७ः १५ बजे धक्का महसुस भएको हो।

क्षेत्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार ५ दशमलव ७ रेक्टरको भूकम्प मापन गरिएकाे छ। कर्णाली प्रदेशमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे।