विदेश

सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु

सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी । भारतको राजस्थान राज्यमा सोमबार बिहान भएको सवारी दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनाका अन्य २० जना घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि २६६ किलोमिटर टाढा पर्ने बिकानेर जिल्लाको दुनगढ नजिकै रहेको प्रहरीको भनाई छ ।