समाचार

अनियमितताको नमुना, सडकमा भत्केको कालोपत्रे झिकेर मर्मत सुरु

अनियमितताको नमुना, सडकमा भत्केको कालोपत्रे झिकेर मर्मत सुरु

लहान।  निर्माण कार्य नसकिँदै भत्कन सुरु भएको लहान–भगवान्पुर–ठाढी सडकको कालोपत्रे उप्काएर मर्मतको काम सुरु भएको छ। भत्केको सडकको भाग झिकेर ठेकेदारले नयाँ बेससहितको कालोपत्रे लगाउने काम सुरु गरेको छ।

लहान–भगवान्पुर–ठाढी सडक निर्माणमा भएको अनियमितताका कारण निर्माणलगत्तै कालोपत्रे उप्किन थालेको थियो भने ठाउँठाउँमा सडक भासिएको थियो। यो सडक निर्माणमा भएको अनियमितताबारे नागरिक दैनिकमा निरन्तर सामाचार प्रकाशित भएको थियो।

सम्झौताअनुसार सोे सडकको काम कात्तिक १ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने थियो तर अझसम्म काम पूरा हुनसकेको छैन। सम्झौताअनुसार नै ठेकेदार कम्पनीले भत्केका ठाउँमा सडक मर्मतको काम सुरु गरेको सडक डिभिजन कार्यालय लहानका इन्जिनियर बेचन भण्डारीले बताए।

यो समाचार आजको नागरिक दैनिकमा मिथिलेस यादवले लेखेका छन।  

कालोपत्रे