समाचार

विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

जाजरकोटः नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली ‘धमिल’लाई पक्राउ गरिएको छ । उनलाई प्रहरीले गएराति बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।

पक्राउ नेत्रविक्रम चन्द ‘विप्लव’