समाचार

४८ पदमा २ सय ८१ जनाको उम्मेदवारी

४८ पदमा २ सय ८१ जनाको उम्मेदवारी

काठमाडौँ।  स्थानीय तहको उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी परेको छ। रिक्त ४८ पदका लागि बुधबार मनोनयन दर्ता कार्यक्रम थियो।

निर्वाचन आयोगका अनुसार राजनीतिक दलका २ सय १७ र स्वतन्त्र ६४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। ३५ जिल्लाका ४४ स्थानीय तहमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ। स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, गाउँपालिकाका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ पदका लागि उपनिर्वाचन हुन लागेको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बताए।\ महिला उम्मेदवारको संख्या २६ छ। धरान उपमहानगरपालिकाको प्रमुखका लागि एक महिलासहित २३ जनाको उम्मेदवारी परेको छ।

पाँचथरको फाल्गुनान्द गाउँपालिकाको अध्यक्षका लागि एक महिलासहित ८ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षका लागि २० जनाको उम्मेदवारी परेको छ। संखुवासभाको मकालु गाउँपालिका अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।  

 

स्थानीय उपनिर्वाचन