जब ट्रकमा जन्ती लिएर बेहुला बेहुलीको घर पुगे .....

जब ट्रकमा जन्ती लिएर बेहुला बेहुलीको घर पुगे .....

तपाईले बिवाहमा कसैले कार, हवाईजहाज, डोली,रथ लगायतका सवारी साधनमा जन्ती गएको या बेहुलीको विदाई गरेको देख्नु भएको होला।  तर बेहुला बेहुलीलाई ट्रकमा राखेर बिदाइ गरिएको तपाईले सायदै देख्नुभएको  छ।  तर भारतको चन्डीगढमा ट्रकमा जन्ती ल्याएर ट्रकमा नै बेहुलीको विदाई गरिएको छ।  जुन बेहुलाको सपना थियो।  

विवाहमा अनावश्यक  खर्च र तामझामबाट बच्नका लागि जम्माजम्मी १० जना मात्र जन्ती ल्याइएको थियो। बेहुलाको अनुसार उनि ट्रकका ड्राईवर हुन्।  र उनको सपनामा पनि आफ्नी बेहुलीलाई ट्रकमा लाने थियो।  

ट्रक उनका लागि ट्रक मात्र नभएर आफ्नो परिवारको रोजी रोटी भएकाले दुख सुखमा सामेल किन नगर्ने भन्ने हेतुले आफुले यसोई गरेको उनले बताएका छन।  

यो समाचार पब्लिक न्युज एजेन्सीबाट 

विवाह

संम्बधित खबर