समाचार

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज नेपाल आउँदै

काठमाडौँ।  बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशका राष्ट्रपति हमिद मंगलबार दिउँसो सवा १ बजे नेपाल आउँदै छन् । उनी बंगलादेश एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रनेछन् । विमानस्थलमा राष्ट्रपति भण्डारीले उनको स्वागत गर्ने कार्यक्रम छ ।

उनी नेपाल आएकै दिन राष्ट्रपति भण्डारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि राष्ट्रपति भण्डारीले उनको सम्मानका लागि रात्रिभोज आयोजना गर्नेछिन् ।

मंगलबारै बंगलादेशका राष्ट्रपति हमिदलाई प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नेछन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।  

बंगलादेश राष्ट्रपति अब्दुल हमिद